गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली

सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार
image

गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली

काठमाडौँ-जल तथा बिज्ञान बिभागले आउदोे तिन दिनको मौसम पुर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम पुर्वानुमान महाशाखाले आज गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ।

त्यस्तै आज रातीको समयमा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाल आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शको रुपमा पुर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ।