नेकपा एसको शिवनाथ गाउँ कमिटी गठन

  Sampatti News

December 12, 2021

नेकपा एसको शिवनाथ गाउँ कमिटी गठन

बैतडी-नेकपा (एकीकृत समाजवादी) को शिवनाथ गाउँपालिका कमिटी गठन सम्पन्न भएको छ ।

आईतवार सम्पन्न अधिवेशनले विरभान मेहताको अध्यक्षतामामा ६५ सदस्यीय गाउ कमिटी गठन गरेको हो।

शिवनाथ गाउँपालिकाको गाउ कमिटीको उपाध्यक्षमा राजेन्द्र दत्त भट्ट, कमली साउद चयन भएका छन्।

सचिवमा कर्मसिह साउद तथा उपसचिवमा हरिसिह साउद, सुरतसिह चाड,पदमसिह चाड लगायत चयन भएका छन् ।

बैतडी जिल्ला कमिटी सदस्य जनक मेहताको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

नेकपा एसले बैतडीका पालिका तथा वडास्तरमा अधिवेशनमार्फत् कमिटी गठनलाई तीव्रता दिइरहेको छ।

शिवनाथ गाउपालिका मा कमिटी गठन गरेसङ्गै नेकपा एसले जिल्ला भरिका १० वटा पालिकामध्ये ९ वटा पालिकामा र ४१ वडाहरूमा कमिटी गठन गरिसकेको नेता दिनेश ठगुन्नाले वताउनुभयो ।

यसैगरि पञ्चेश्वर गाउपालिकामा भोलि अधिवेशन राखिएको समेत उनले वताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय पोलिटव्योरो सदस्य परमानन्द भट्ट रहनुभएको थियो,यसैगरि विशिष्ठ अतिथिमा सुदूरपशिम प्रदेशका पूर्व उद्योग पर्यटन, वन तथा बाताबरण मन्त्री माया भट्ट ,नेकपा (एस) बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, प्रदेश कमिटी सदस्य हजारी साउद,लक्ष्मण भट्टलगायतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो।

यस्तै, शिवनाथ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ११ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शिवनाथ गाउँपालिका गाउँ कमिटीले आज राखेको पालिकास्तरीय अधिवेशन कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

प्रवेश गर्ने कार्यकर्तालाई पार्टी पोलिटव्यूरो सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि परमानन्द भट्टले टिकाई लगाइ सदस्यता प्रदान गरे।

नेकपा एसको शिवनाथ गाउँ कमिटी गठन

प्रकाशित मिति:December 12, 2021