एमसीसी नेपालको कार्यालय घेराउ गर्दै २६ दल

  Sampatti News

December 13, 2021

एमसीसी नेपालको कार्यालय घेराउ गर्दै २६ दल

काठमाडौँ-एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीसी नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाले सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गर्ने जनाएको छ ।

एमसीसी नेपालको कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक भएसँगै उक्त क्षेत्रमा प्रशासनले ब्यापक रुपमा जनपथ प्रहरी र सशस्त्र-प्रहरी परिचालन गरेको छ ।

नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

एमसीसी नेपालको कार्यालय घेराउ गर्दै २६ दल

प्रकाशित मिति:December 13, 2021