December 13, 2021
एन्टीजेन विधिबाट सांसदहरुको कोरोना परीक्षण
काठमाडौं-आज दुवै सदनका सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ ।
संघीय संसदको अधिवेशन सुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिएको हो ।
सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गराएका छन् ।
सोमबार बिहान ११ बजेदेखि शुरु गरिएको परीक्षण ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ ।
संघीय संसदका दुवै सदनको अधिवेशन भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।
सांसदहरूको परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइने संसद् सचिवालयले जनाएको छ।
एन्टीजेन विधिबाट सांसदहरुको कोरोना परीक्षण
प्रकाशित मिति:December 13, 2021
November 24, 2024