अध्यक्ष नेपालको इन्टिजेन परीक्षण

  Sampatti News

December 13, 2021

अध्यक्ष नेपालको इन्टिजेन परीक्षण

काठमाडौँ- भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को इन्टिजेन परीक्षण गर्नुभएको छ ।

संघीय संसदको अधिवेशन सुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिएको हो ।

सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गर्नुभएको छ।

सोमबार बिहान ११ बजेदेखि शुरु गरिएको परीक्षण ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ ।

संघीय संसदका दुवै सदनको अधिवेशन भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सांसदहरूको परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइने संसद् सचिवालयले जनाएको छ।

अध्यक्ष नेपालको इन्टिजेन परीक्षण

प्रकाशित मिति:December 13, 2021