जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन

  Sampatti News

December 13, 2021

जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

नेकपा एसले जीवनराम श्रेष्ठलाई संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतकको रुपमा चयन गरेको हो ।

नेकपा(एकीकृत समाजवादी)को सोमबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका हुन् ।

नेकपा एसले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकको रुपमा भने शेरबहादुर कुँवरलाई चयन गरेको छ।

भोलिदेखि सुरु हुने संसद् बैठकका विषयमा पनि बैठकमा छलफल भईरहेको बताइएको छ ।

जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन

प्रकाशित मिति:December 13, 2021