बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

  Sampatti News

December 13, 2021

बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

काठमाडौं-आज सोमबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक ७९.५७ अंकले घटेको छ ।

परिसूचक ७९ दशमलव ५७ अंकले घटेर २ हजार २ सय ८१ अंकमा आएको हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले ओरालो लागेको छ ।

कारोबार रकम करिब ४ अर्ब माथी चढ्दा नेप्से र सेन्सेटिभ दुवै ओरालो लाग्यो ।

यस दिन २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन् ।

सबै समूह राताम्य भएका छन् । फाइनान्स समूह सबैभन्दा बढीले घटेको छ ।

जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।

बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ ।

गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बोटलर्स नेपाल (तराई) ५ लशमव ४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ ।

माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।

धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीहरु देखिएक छन् ।

यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

प्रकाशित मिति:December 13, 2021