खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

  Sampatti News

December 14, 2021

खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

काठमाडौँ-महोत्तरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ बिरुद्धको खोप लगाउन सेवाग्राहीसँग रकम माग गरेको उभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा हेल्थ असिस्टेन्ट (बिद्यार्थी) कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको (Johnson & Johnson) खोप लगाई दिई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस रकम सहित उनलाई रङ्गेहात पक्राउ गरिएको हो ।

निजहरुलाई जनकपुर उ.म.न.पा.-७ नयाँ-बसपार्क,धनुषावाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

प्रकाशित मिति:December 14, 2021