एमसीसीको विरोधमा संसद् भवन घेराउ

  Sampatti News

December 14, 2021

एमसीसीको विरोधमा संसद् भवन घेराउ

काठमाडौँ-एमसीसीको विरोधमा मंगलबार दुई मोर्चा र ६ दलीय गठबन्धनले संसद भवन घेराउ गरेको छ ।

विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो ।

एमसीसीको विरोधमा संसद भवन घेराउ गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो ।

यस्तै ती दलले मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गरेको थियो ।

साथै २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।

संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा सडकमा उत्रिएको हो ।

छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

एमसीसीको विरोधमा संसद् भवन घेराउ

प्रकाशित मिति:December 14, 2021