प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै

  Sampatti News

December 14, 2021

प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै

जनकपुरधाम-भोली बुधबारका लागि प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुधबार बिहान ११ बजे बस्ने बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार भोलि बस्ने बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको छ ।

भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यद्यपि, नेपाली काँग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्ता पक्षको भनाइ छ ।

प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै

प्रकाशित मिति:December 14, 2021