चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

  Sampatti News

December 15, 2021

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर-भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

नगरपालिकामा आयोगले छापा मारी विभिन्न कागजात जफत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी कागजात जफत गरिएको जानकारी दिएका छन् ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो ।

रिसालले भने, ‘टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।’

उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिए ।

उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

प्रकाशित मिति:December 15, 2021