राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त

  Sampatti News

December 16, 2021

काठमाडौँ-नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् ।

यसअघि पनि प्रवक्ताको जिम्मेवारी पाईसकेका डा.भट्टलाई गभर्नर कार्यालयले पुनः प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रवक्ता भट्टले आज अर्थात् पुस १ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछन् ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका डा.भट्ट हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन् ।

प्रकाशित मिति:December 16, 2021