विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द

  Sampatti News

December 16, 2021

विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले देसभरीका महसुल काउण्टर पुस ५ गते सम्मकालागी बन्द गरेको छ ।

आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै विद्युत् प्राधिकरणले महसुल काउण्टर बन्द गरेको हो ।

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले त्यसै अनुरुप तयारीका लागी महसुल काउण्टर बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ ।

विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ ।

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द

प्रकाशित मिति:December 16, 2021