मिनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा

Nepal Cover
१ पुष २०७८, बिहीबार
image

मिनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा

काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत राजिनामा दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्री पदको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् ।

राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।

मिनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा