केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट: प्रचण्ड

  Sampatti News

December 16, 2021

केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट: प्रचण्ड

काठमाडौँ-अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुँजीपति वर्गको एजेन्ट भएको आरोप लगाएका छन् ।

ओलीले बुधबार प्रचण्डमाथि चन्दा नपाएको झोकमा सेयर बजारबारे टिप्पणी गरेको बताएका थिए ।

त्यसको जवाफमा प्रचण्डले बिज्ञप्तीनै जारी गर्दै ओलीलाई जवाफ फर्काएका छन् । साथै प्रचण्डले राजासँग ५ बुदे सहमती गरेको भन्नेवारे ओलीको आरोप पुष्टी गर्न समेत चुनौती दिएका छन् । उनले पुष्टी गर्न नसके झटो बोलेको कुरामा जनतासँग माफी माग्न समेत सुझाएका छन् ।

उनले भनेका छन्, ‘साथै मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु ।’

प्रचण्डले पुँजीवादको चरित्रबारे आफूले गरेको टिप्पणी सही नै रहेको समेत बताएका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।

दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट: प्रचण्ड

प्रकाशित मिति:December 16, 2021