नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

  Sampatti News

December 16, 2021

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं-आज बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

साताको अन्तिम कारोबार दिन दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।

बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।

बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्बको कारोवार रकम समेत पुग्न सकेन

दिनभर भएका ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति:December 16, 2021