रक्षामन्त्रीबाट राजीनामा दिन ४ बजे पत्रकार सम्मेलन

Nepal Cover
१ पुष २०७८, बिहीबार
image

रक्षामन्त्रीबाट राजीनामा दिन ४ बजे पत्रकार सम्मेलन

काठमाडौँ-नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन् ।

रक्षामन्त्रीबाट राजीनामाको घोषणा गर्न उनले आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा ब्यक्त गर्दै राजिनामा दिने मन्त्री रिजालको तयारी रहेको छ ।

सामाजिक सञ्जालमार्फत अन्तिम मत परिणाम आएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पेश गर्ने उनले बताएका थिए।

महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका रिजाल हालसम्म ३१ सय २० मत गन्दा ५ सय ४६ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।

आफ्नो पराजय निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफुले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

रक्षामन्त्रीबाट राजीनामा दिन ४ बजे पत्रकार सम्मेलन