मीनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा

  Sampatti News

December 16, 2021

मीनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा

काठमाडौँ-डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उन

काँग्रेस महामन्त्री पदमा पराजित भएपछी उनले राजिनामा दिएका हुन् ।

उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए ।

सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

मीनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा

प्रकाशित मिति:December 16, 2021