प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्छ:अध्यक्ष नेपाल

  Sampatti News

December 17, 2021

प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्छ:अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्ने बताएका छन् ।

अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताएको हुन् ।

उनले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए ।

राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उहाँलेले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन लाग्नुपर्नेमा जोड दिए ।

नेपालले देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन नसकेको बताए ।

उनले भने, ‘देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन सकेको छैन । देशका युवाहरूले केही गर्न चाहेका छन्, मेहनती छन्, त्यसलाई कृषिमा लगाएर देशलाई समृद्ध गर्नुपर्छ ।’

विश्वमा वैज्ञानिक क्रान्ति भइरहेको बताउँदै उनले त्यसलाई कृषिमा जोड्नुपर्ने धारणा राखे ।

उनले भने, ‘कृषिमा पनि नयाँ–नयाँ प्रविधि आइसकेको छ, कृषि कार्यक्रम सरल भएको छ, ती प्रविधिलाई धेरै भन्दा धेरै प्रयोग गर्नुपर्छ ।’

उनले भने, ‘पैसा कमाउन विदेश जानुपर्ने अवस्था छैन । नेपालमै कृषिको प्रचुर सम्भावना छ ।’

जनता नै राजनीतिको केन्द्रबिन्दु रहेको धारणा राख्दै उनले हरेक मानिसले क्षमता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्छ:अध्यक्ष नेपाल

प्रकाशित मिति:December 17, 2021