मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

  Sampatti News

December 19, 2021

मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

हेटौडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मोर्डना खोप अभियान सुरु गरेका छन् ।

मन्त्री खतिवडाले आफ्नो गृहजिल्ला तथा बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु गरेका हुन् ।

स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् ।

मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ ।

मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

प्रकाशित मिति:December 19, 2021