काठमाडौँ-सामान्य प्रशासन मन्त्रालय बढुवा सिफारिस समितिले २० जना उपसचिवलाई सहसचिवमा बढुवाको लागी सिफारिस गरेको छ ।
सिफारिस समितिको हिजो बसेको बैठकले कार्यक्षमताका आधारमा २० जना को बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस समितिमार्फत बढुवाका लागी सिफारिस हुनेहरुमा प्रशासन सेवातर्फका दिपक लामिछाने, उद्धव प्रसाद रिजाल,युवराज कट्टेल,धु्रवराज पण्डित बेदप्रसाद खरेल,रुद्रप्रसाद पण्डित,मदन कोइराला,कोमल प्रसाद धमला,दिवस आचार्य,ईश्वरकुमार गिरी,श्रवण कुमार पोखरेल, दिपक घिमिरे,नारायणप्रसाद सापकोटा,बलराम निरौला,रामबहादुर कुरुम्बाङ,गोपालकुमार अधिकारी,टुवराज पोखरेल, र वासुदेव घिमिरे छन् ।
यस्तै समितिले पदमप्रसाद आचार्य र शम्भु कुमार श्रेष्ठलाई नेपाल लेखापरिक्षण समूहबाट सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

