बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

  Sampatti News

December 20, 2021

काठमाडौं-बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताएका छन् ।

आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको प्रहरीले बताएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले बताएको छ ।

आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:December 20, 2021