नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

  Sampatti News

December 22, 2021

नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

काठमाडौं-नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच अध्यक्ष ध्रुव थापा सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै अध्यक्ष ध्रुव थापाले तीन जना सदस्यलाई मोनोनित गरेका छन् ।

मनोनित नयाँ सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहेका छन् ।

मनोनित तीन वटै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।

साथै, नाडाले बुधबार नै पदाधिकारीको निर्वाचन पनि गर्ने तयारी गरेको छ ।

कार्यसमिति सदस्यहरूमध्ये ४ उपाध्यक्षसहित महासचिव, सचिव, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन हुनेछन् ।

नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

प्रकाशित मिति:December 22, 2021