मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

Nepal Cover
७ पुष २०७८, बुधबार
image

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

विराटनगर-उद्योगी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन्।

नेपाल उद्योग वाणिज्‍य महासङ्घ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष उद्योगी राउतलाई आज (बुधबार) मुख्यमन्त्री राईले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्।

उद्योगी राउत मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्

भोजपुरमा जन्मिएका ५८ वर्षीय राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन् ।

यसअघि नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व(अध्यक्ष बन्धु पोखरेललाई मुख्यमन्त्री राईले प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए । मुख्यमन्त्री राईको राजनीतिक सल्लाहकारमा जीवन राई रहेका छन्।

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत