एलबिइएफ क्याम्पसको पाँचौ ‘खेलकुद सप्ताह’ भोलिबाट सुरु

  Sampatti News

November 21, 2018

काठमाडौं । नेपालमा पहिलो आईटी कलेजका रुपमा विगत २० बर्ष देखि अनवरत अध्ययन अध्यापन गराउँदै आइरहेको  LBEF CAMPUS तथा College For Professional Studies मैतिदेवीको ‘खेलकुद सप्ताह’को पाँचौ संस्करण सुरु हुन गइरहेको छ ।

पढाइको अलावा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आन्तरिक क्षमता बृद्धि गर्न प्रभावकारी भूमिका खेल्ने बिश्वासका साथ यस कलेजले विद्यार्थीको पढाइ संग-संगै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आएको छ ।

कलेजले विद्यार्थीको बौद्धिक, शारीरिक तथा मानसिक विकासका लागि बार्षिक रुपमा खेलकुद सप्ताह मनाउने गर्दछ । यस बर्ष पनि यसको निरन्तरता दिंदै मार्च २८ देखि तीन दिन आन्तरिक खेलकुद (In Door Game) कलेजको हाता भित्र टेबलटेनिस, ब्याडमिन्टन, चेस र बास्केटबल सुरु हुँदैछन् भने बाह्य खेलकुद (Out Door Game) अन्तर्गत फूटबल र क्रिकेट आगामी अप्रिल १२ र १३ मा किर्तिपुर स्थित ल्याबरोटोरी स्कुलको खेलमैदानमा हुने भएको छ ।

Elmo lewis ursprünglich für das führen von verkaufsgesprächen entwickelt wurde.

प्रकाशित मिति:November 21, 2018