नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

  Sampatti News

January 2, 2022

नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

काठमाडौं-नेपाली सेनाले अधिकृत क्याडेटमा दरखास्त आह्वान गरेको छ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले २ सय २९ जना अधिकृत क्याडेटको भर्ना खुलाएको हो ।

१२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट नेपाली सेना भर्ना छनौट निर्देशनालयले माग गरेको छ ।

दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।

नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

प्रकाशित मिति:January 2, 2022