मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

  Sampatti News

January 2, 2022

मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

काठमाडौं-महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपीको जिम्मेवारी हेरफेर हुने भएको छ ।

गृह मन्त्रालयले एआइजी हरि पालको अवधि एक वर्ष पुगेकाले हेरफेर गर्न लागिएको स्रोतले बताएको छ ।

गत वर्ष मंसिरमा एआइजी हरि पालको मेट्रोमा सरुवा भएको थियो।

केपी ओली सरकारले गत असारमा उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेपनि लगत्तै शेरबहादुर देउवा सरकार आएपछि उनको सरुवा रोकिएको थियो ।

गृहमन्त्री बालकृष्ण खाण एआइजी हरि पालको कलेजदेखिका साथी भएकाले उनको सरुवा रोकिदिएको स्रोतले दावि गर्ने गरेका छन् ।

तर, पछिल्लो समय गृहमन्त्री खाण र एआइजी पालबीचको व्यक्तिगत सम्बन्ध बिग्रिएको सोतले बताएको छ ।

तीन जना भारतीयलाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको पाइएपछि एआइजी पाल र गृहमन्त्री खाणको सम्बन्ध बिग्रिएको हो ।

सो प्रकरणमा गृह मन्त्रालयले उनलाई कारबाहीको प्रयास गरेपनि बालुवाटारको दबाबमा कारबाही रोकिएको थियो ।

बालुवाटारकै शक्तिमा बैशाखसम्म मेट्रोमै रहने पालको चाहना भएपछि गृहमन्त्री उनलाई हटाउने पक्षमा छन् ।

मेट्रोमा सरुवा हुन कसैको लबिङ नहुँदा पनि छिटो हेरफेर नभएको हो ।

एआइजीमध्ये विश्वराज पोखरेलले मेट्रोको कमाण्ड सम्हाली सकेका छन् ।

एआइजी सहकुलबहादुर थापा आगामी बैशाखमा आइजिपीको लागि लबिङमा रहेको बुझिएको छ ।

एआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही सरुवाका लागि नेताका नधाउने प्रहरी अधिकृत भएकाले मेट्रोबाट पालको सरुवा नभएको सोतले बताएको छ ।

अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङको पनि करिब ११ महिना पुगेको छ ।

गत वर्ष फागुनमा उनको महाशाखामा सरुवा भएको थियो ।

ओली सरकारले नै उनलाई त्यहाँ सरुवा गरेको भएपनि उनलाई हालसम्म हटाइएको छैन ।

उनको हुन्डी कारोबारी तथा केही गुन्डा नाइकेसँग साँठगाँठ देखिएको सूचना गृह मन्त्रालयमा पुगेको छ ।

दरबारमार्ग वृत्तमा पनि हुँदा गुन्डा नाइकेलाई सघाएको खुलेपछि उनीमाथि कारबाही भएको थियो ।

मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

प्रकाशित मिति:January 2, 2022