देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

  Sampatti News

January 2, 2022

देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं-स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।

भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना याथावत् रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न मन्त्रालयले सबै सरोकारबाला निकायलाई निर्देशन दिएको छ ।

देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रकाशित मिति:January 2, 2022