गठबन्धनद्वारा राष्ट्रियसभाका १९ मध्य एमालेका ८ सिटमा भागबण्डा

  Sampatti News

January 3, 2022

गठबन्धनद्वारा राष्ट्रियसभाका १९ मध्य एमालेका ८ सिटमा भागबण्डा

काठमाडौँ-माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा एमालेका ८ सिटमा भागबन्डा भएको छ ।

१९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रियसभामा एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद सहित २० जना बिदा हुने भएका छन् ।

राष्ट्रियसभा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँनेमा उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ ।

यस्तै एमालेले प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक–एकजना सांसद गुमाउँदैछ ।

माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २ र कर्णालीबाट एक–एक जना सांसद गुमाउँदैछ ।

एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।

प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुनेछन् ।

लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र काँग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ ।

सुदूरपश्चिमबाट काँग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ ।

गठबन्धनद्वारा राष्ट्रियसभाका १९ मध्य एमालेका ८ सिटमा भागबण्डा

प्रकाशित मिति:January 3, 2022