रेशम चौधरीका समर्थक पार्टी दर्ताका लागि आयोगमा

  Sampatti News

January 3, 2022

रेशम चौधरीका समर्थक पार्टी दर्ताका लागि आयोगमा

काठमाडौं-टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीका समर्थकहरु नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

आज बाजागाजा र झाँकीसहित सहितको चौधरी सर्मथकको टोली चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका हुन् ।

टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी भने लामो समय देखी जेलमा छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।

रेशम चौधरीका समर्थक पार्टी दर्ताका लागि आयोगमा

प्रकाशित मिति:January 3, 2022