मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारी

  Sampatti News

January 3, 2022

मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारी

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारीलाई नियुक्त गरेको छ ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाले डा.अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

सरल स्वभावका डा.अधिकारी मानसिक स्वास्थ्यको क्षेत्रमा अब्बल चिकित्सकको रुपमा परिचित हुनुहुन्छ ।

भद्र एवम् मिजासिलो स्वभावका डा.अधिकारी मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्टको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

वि.सं.२०६३ मा मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिर सुरुगर्नु भएका डा अधिकारी निकै मेहिनती चिकित्सक हुनुहुन्छ।

मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारी

प्रकाशित मिति:January 3, 2022