काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा

  Sampatti News

January 3, 2022

काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा

काठमाडौँ-नेपाली काँग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरियता पाएका छन् ।

सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई देउवाले दोस्रो वरियतामा राखेका हुन् ।

१४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका हुन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा देउवाले पौडेललाई दोस्रो वरियतामा राखेका हुन् ।

आफ्नो गुटमा सभापती उम्मेद्वारको कुरा नमिलेपछी राजनीतिबाटै सन्यास लिनेसम्मको धारणा पौडेलले सार्वजनिक गरेका थिए ।

उनले पछि फेरि उक्त कुरा भावनात्मक आवेगमा आएको भन्दै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए ।

काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा

प्रकाशित मिति:January 3, 2022