सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

  Sampatti News

January 4, 2022

सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

काठमाडौँ-सरकारले सचिवको दरबन्दी थप्ने तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिव थपको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार एक प्राविधिक र एक प्रशासन र एक लगानी बोर्डका लागि दरबन्दी थपर्गे प्रस्ताव न लागेको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण खारेज भएसँगै त्यहाँका सचिव सुशिलचन्द्र तिवारीलाई लगानी बोर्डमा व्यवस्थापन गर्ने भएको छ ।

यससँगै अब नेपाल सरकारका मुख्यसचिवसहित सचिवहरूको सङ्ख्या ७४ पुग्ने भएको छ ।

पुनर्निर्माण प्राधिकरणसमेत गरेर ७२ जना सचिब रहेकोमा उक्त संस्थाको खारेजीसँगै ७१ जना हुनुपर्ने हो ।

तर तीन जना थप गरिएपछि पुनः सचिवको सङ्ख्या बढ्ने भएको हो ।

हाल कायम सचिवको दरबन्दी नै धेरै भएको जानकारहरुले बताउने गरेका छन् ।

निहित व्यक्तिको बढुवाका लागि थपिएको दरबन्दीले ब्यूरोक्रेसीलाई भद्दा बनाउने मात्र नभई राज्यको आवश्यकता भन्दा बढी भएको प्रशासनविद्हरू बताउँछन् ।

एउटा मन्त्रालयमा दुई-दुई जना सचिव नचाहिने भए पनि हाल ६ वटा मन्त्रालयमा दुई जना सचिव रहेका छन् ।

यदि कामकै लागि राखिएको हो भने दुई वटा सचिव रहेको मन्त्रालयले एउटा सचिव रहेको मन्त्रालयको भन्दा दोब्बर काम गरेको देखिनु पर्ने हो तर सचिव-सचिवकै झगडाले खासै काम भएको देखिँदैन

भएको जनशक्ती ब्यबस्थापन गरेर कार्यगर्न नसकेको सरकारले सचिव थपेर राज्यको आर्थिक बोझ बढाउने बाहेक अरुकेही फाईदा नहुने जानकारहरुले बताएका छन् ।

सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

प्रकाशित मिति:January 4, 2022