ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

  Sampatti News

January 4, 2022

ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

काठमाडौँ– उखुकिसान ले रकम पाएनन सो रकमले अर्बौंको होटल खोलेर ब्यापार चलिरहेको छ ।

किसानको रकम तत्कालै दिने भन्दै उद्योग मन्त्रालयले गरेको वार्ता समितिले लेखेको सहमतिमा मसी सुकेको छैन ।

तर किसानको रकममा राइदाइ गर्नेको होटलमा प्रधानमन्त्री सम्मका ब्यक्तिलाई बोलाएर बैठक बसाल्छ्न ।

राजनीतिक पहुचका आधारमा उखु किसानको पैसा भुक्तानी गर्ने वार्ता समितिको सहमतिलाई चुनौती दिएको तथ्य बाहिर आएको छ।

भुक्तानी गर्नु पर्ने उखु किसानको पैसाबाट उद्योगी तथा माफिया शशिकान्त अग्रवालले होटल सञ्चालन गरेका हुन् ।

ऊखु किसानको भुक्तानी गर्नुपर्ने पैसा नदिएर उक्त पैसाको म्यारियट होटल सञ्चालन भएको हो ।

केपी ओली सरकारमा हुदा ओलीको सचिवालय जस्तै बनेको उक्त होटलका सञ्चालक चिनी उद्योगी तथा माफिया शशिकान्त अग्रवालको २ वटा चिनी उद्योग रहेको छ ।

जनकपुर स्थित एभरेष्ट चिनी मिल्स तथा सिरहाको मिचैयामा अन्नपुर्ण चिनी मिल्स ।

हाल उनको अन्नपुर्ण चिनी मिल सञ्चालनमा छैन बिगत २ बर्षदेखी उक्त उद्योग बन्द छ । तर बन्द भएको उनको चिनी उद्योगबाट समेत उनले चिनी उत्पादन गरी रहेका छन् ।

उनको बन्द भएको चिनी उद्योगबाट प्रतिकेजी ६० रुपैया फाईदा बचाएर अर्बौंको चिनी कारोवार हुन्छ भन्ने कुरा सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ ।

तर यो बास्तबिक्ता हो । यो घटना न औद्योगिक क्रन्ति भएको देश बेलायत न अहिलेको आर्थिक क्रन्ति गरिरहेको देश चीनको हो ।

यो घटना बर्षौनी ब्यापार घाटा भोगीरहेको तथा उखुको पैसा नपाएर नाम मात्रैको अनुदान पाउने किसान रुदै सडकमा आउने देश नेपाल कैै हो ।

नेपालमा जम्मा १४ वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् ।

ति १४ वटा चिनी उद्योग मध्ये २ वटा चिनी उद्योगका मालिक हुन् शशीकान्त अग्रवाल, उनले जनकपुर स्थित एभ्रेष्ट सुगर मिल्स र मिचैयामा अन्नपुर्ण सुगर मिल्स सञ्चालन गरेका छन् ।

यि दुई मध्ये मिर्चैयामा अन्नपुर्ण सुगर मिल्स विगत २ बर्षदेखी बन्द रहेको छ ।

उक्त बन्द रहेको सुगर मिलबाट उनले बिगत २ बर्षदेखी करोडौँको चिनी कारोवार गरी प्रती किलो ६० रुपैया फाईदा कमाउने गरेको उनको बन्द मिलको हिसाब हेर्दा प्रष्ट हुन्छ ।

उनले कमाएको यो मुनाफा उनको सोझो हिसावको आम्दानी भने होईन ।

मिचैयाको अन्नपुर्ण सुगर मिल्स केही बर्ष अगाडी सञ्चालनमा रहेको चिनी मिल हो ।

तर किसानको उखुको पैसा नतिरी चिनी उद्योग लामो समय सञ्चालन गर्न र बढी मुनाफा कमाउन उनले आफै चिनी उद्योग बन्द गरेर भारत बाट चिनी आर्यात गरी अन्नपुर्ण सुगर मिल्सको नाममा स्टिकर टासिंएको चिनी बजारमा खुलेआम कारोवार गर्दै आएका छन् ।

सरकार भने तस्करीको चिनी बिक्री गर्ने चिनी उद्योगको फाइदाका लागि विदेशी चिनी आयातमा कडाइ गरिरहेको छ ।

चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालको प्रभावमा परी सरकारले चिनीको आयातमा कडाइ गरेको हो ।

चिनी उद्योग सञ्चालनमा छैन तर पनी चिनी उत्पादन भने रोकिएको छैन् ।

भारतबाट सस्तोमा ३०–३५ रुपैया किलो चिनी ल्याएर अन्नपुर्ण सुगर मिल्सको नाममा प्याक गरेर बेच्ने गरेको हो ।

नेपालको कानुनले चिनी उद्योगीलाई बाहिरी देशबाट आर्यात गर्न बन्देज लगाईएको छ ।

तर पहुचको आधारमा शशीकान्त अग्रवालले कानुनको धजिया उडाउदै यस गैरकानुनी कार्यलाई जारी राखेका छन् ।

उनले तयारी चिनी सहित भारतबाट ल्याएर आर्यात गरेर बन्द कम्पनीलाई क्रसीङ्ग गराईएको बिवरण राखेका छन् ।

नेपाली किसानको ऊखुको पैसा भुक्तानी नगर्ने अनी भारतबाट उखु र चिनी समेत आर्यात गर्दा उनलाई आज सम्म कसैले रोकेको छैन ।

न सरकार न प्रशासनको ध्यानाकर्षण हुन सकेको छ नै।

बिगतको समयमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी आर्यात गरेर बजारमा सुलभ मुल्यमा चिनी आपुर्ती गरिरहेको थियो ।

तर पछिल्लो सरकारको पालामा मातृका यादब उद्योगमन्त्रि हुदा चिनी आर्यातमा रोक लगाउन लगाएर यिनले आफुले स्टक राखेका चिनी बजारमा सिन्डीकेट श्रृजना गरेर महँगो दाममा कारोबार गरेका थिए ।

उक्त समयमा आयातमा लगाएको रोकको असर अहिले सम्म साल्ट ट्रेडिङ्ग चिनी पर्याप्त मात्रामा आर्यात गर्न सकेको छैन । जस्को फल् स्वरुप बिगत ५ महिना अगाडी ७०–८० रुपैया रहेको चिनीको भाउ अहिले १०० रुपैया किलो पुगेको छ ।

अग्रवालले विदेशी चिनी आयातमा कडाई गर्न राम्रै पैसा खर्च गरेको स्रोतले बताएको छ ।

उक्त खर्च मार्फत उनले १५% भन्सार दर रहेको चिनीको भन्सार दर ३०% पुर्याउन सफल भए ।

अहिले पनि चिनीको भन्सार बढाएर आर्यात नियन्त्रण गर्दै उनले तस्करी गरी ल्याएका चिनी आफ्नो चिनी मिलको बोरामा प्याक गर्दै बिक्री वितरण गर्ने गरेका छन् ।

उद्योगपती शशीकान्त अग्रवालले बिगत २ बर्ष अगाडी बन्द गरेको चिनी मिलले अहिले सम्म किसानलाई पुरा भुक्तानी दिएको छैन ।

किसानको रगत पसिना चुसेर आलीशान म्यारियट होटलमा लगानी

किसानलाई उखुको पुरा भुक्तानी नदिएका शशीकान्त अग्रवालले किसानको पैसाबाट काठमाडौँमा आलीशान होटल सञ्चालनमा ल्याएका छन् ।

उखुको पैसा नपाएर माईतीघरको सडकमा किसान रुदै धर्नामा बस्दा उनको मेरियट होटलको तला थपिदै थियो ।

किसान आन्दोलन चलिरहदा बिभिन्न पार्टीका नेताहरुलाई उक्त होटलमा निमत्याएर, बिभिन्न पार्टीका भेला बैठक गराएर उनले आफु जोगीने प्रपञ्च गदै आएका थिए ।

शशीकान्त अग्रवाल ठुलो राजनीतिक पहुच भएका उद्योगपती हुन् । उक्त राजनीतिक पहुचको उनले गलत फाईदा उठाउदै आएका छन् ।

उनले किसानको रगत पसिना चुसेर कमाएको पैसामा काठमाडौँको नक्सालमा सञ्चालनमा ल्याएको म्यारियट होटल कुनै समय ओलीको सचिवालय जस्तै बनेको थियो ।

एक समय ओलीका बैठक, भेला, सम्मेलन, वार्ता सबै मेरियट होटलमा सञ्चालन हुन्थ्यो ।

उक्त समय म्यारियट होटलमा ओलीले नाममा एउटा स्विट रुम सधै बुक रहन्थ्यो ।

गरिब जनताका एजेन्डा बोकेर राजनीति गर्ने नेता नेतृत्व त्यस्ता ब्यक्तीको संरक्षणमा लागेर देखा अन्देखा गर्नु आफैमा एक लज्जाको बिषय हो ।

जनताको एजेन्डा बोकेका नेताको यस्ता माफियासँगको साठगाठले जनताले के अपेक्षा राख्ने ।

यस्ता माफियाहरुको कारवाहीमा सरकार तथा सम्बन्धीत निकाय लाचार देखिनुले नेपालमा ब्याप्त दण्डहिनता को पराकाष्टको चित्रण गरेको छ।

ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

प्रकाशित मिति:January 4, 2022