५७ उपसचिवको पदस्थापन तथा सरुवा

  Sampatti News

January 4, 2022

४२ उपसचिवको पदस्थापन तथा सरुवा

काठमाडौँ –सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ ।

मन्त्रालयले हालै बढुवा भएका २५ जनासहित विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)हरूको पदस्थापन तथा सरुवा गरेको हो ।

आइतबार साँझ मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकले निर्णय गर्दै कर्मचारीहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न कार्यालयहरूमा पदस्थापन तथा सरुवा गरेको हो ।

मन्त्रालयको विवरणअनुसार राष्ट्रिय निजामती कितावखानाबाट वसन्त पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नरहरि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बाँसगढी नगरपालिका बर्दिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका राजेश उप्रेतीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्गीता ओझाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, जयबहादुर खड्का राष्ट्रिय दलित आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी राजेन्द्र कार्की बुढानीलकण्ठ नगरपालिकाबाट जिल्ला समन्वय समिति, अग्नि अधिकारी चाँगुनारायण नगरपालिकाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा भुवनेश्वर लामिछाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट बुढानीलकण्ठ नगरपालिका, , शंकरराज पाठक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट टोखा नगरपालिका, प्रकाश आचार्य टोखा नगरपालिकाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लेखनाथ न्यौपाने शंखरापुरबाट भूमिकास्थान नगरपालिका, रमेश गौतम प्रदेश सचिवालय लुम्बिनीबाट शंखरापुर नगरपालिकामा सरुवा भएको छ ।

यस्तै मन्त्रालयले रामप्रसाद आचार्य गोकर्णेश्वर नगरपालिकाबाट जिल्ला समन्वय समितिको कार्यालय रसुवा, वैकुण्ठ प्रसाद सापकोटा मध्य नेपाल नगरपालिकाबाट गोकर्णेश्वर नगरपालिका, भोजराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कागेश्वरी मनहरा नगरपालिका, गिरीराज ज्ञवाली कागेश्वरी मनहरा नगरपालिकाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हरीप्रसाद चापागाईँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट चाँगुनारायण नगरपालिकामा सरुवा गरेको छ ।

मन्त्रालयले केही दिन अघि उत्तीर्ण भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २५ जना उपसचिवहरूको पनि सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले कृष्ण गिरीलाई भक्तपुर नगरपालिका भक्तपुर, मानबहादुर गिरीलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत, ममता बास्तोलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, मोहन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

मन्त्रालयको विवरण अनुसार राजेश गुरुङलाई कावासोती नगरपालिका नवलपरासी(बर्दघाट सुस्ता पूर्व), मिलन भट्टराईलाई सूर्योदय नगरपालिका इलाम, मङ्गलबहादुर शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका दिनेश प्रसाद थानीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, धम्मनसिँह गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, गोकर्णराज सुयललाई राईनाम नगरपालिका लमजुङ र झविन्द्र खनाललाई शितगंगा नगरपालिका अर्घाखाँची पठाइएको छ ।

यस्तै मन्त्रालयले अच्युत ढुङ्गाना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, चण्डिका पौडेल टिकापुर नगरपालिका कैलाली र सुरज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत,महेश कुमार गुरुङलाई प्युठान नगरपालिका प्युठान, सन्ध्या सिग्देललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामकृष्ण श्रेष्ठलाई शिवसताक्षी नगरपालिका झापा, राम चन्द अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत, सरुवा गरिएको छ ।

यसैगरी सम्झना देवकोटालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा, विशाल सापकोटालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत, नमिता रेग्मीलाई धुनिवेशी नगरपालिका धादिङ र वसन्तबहादुर बोहरालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राकेश पाण्डेलाई रामग्राम नगरपालिका, नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम), अर्जुन पौडेललाई गृह मन्त्रालय वा अन्तर्गत, राखिएको छ ।

४२ उपसचिवको पदस्थापन तथा सरुवा

प्रकाशित मिति:January 4, 2022