सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

  Sampatti News

January 4, 2022

सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

काठमाडौँ-नेपाली सेनाले आफ्नो संस्थागत प्रवक्तामा सहायक रथी नारायण सिल्वाललाई जिम्मेवारी दिएको छ ।

सैनिक प्रधान कार्यालय भद्रकालीले उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् ।

प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ ।

हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।

सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

प्रकाशित मिति:January 4, 2022