१० सहसचिवको सरुवा

  Sampatti News

January 5, 2022

१० सहसचिवको सरुवा

काठमाडौँ-सरकारले १० जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेको मङ्गलवार बसको बैठकले १० जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।

सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय सरुवा गरेको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा झापाका सिडियो श्रवण कुमार तिमिल्सिनालाई पठाएको छ ।

त्यस्तै कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालय सरुवा भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं.१ स्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

भरत अर्यालको डिभिजन कार्यालयमा सरुवा भएको छ भने सिडियो शिव कुमार कार्कीको भने समावेशी आयोग सरुवा गरिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

१० सहसचिवको सरुवा

प्रकाशित मिति:January 5, 2022