सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा काठमाडौंमा प्रदर्शन

  Sampatti News

January 5, 2022

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ-सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको जनमत पार्टी उपत्यका समन्वय समितिले काठमाडौँमा प्रदर्शन गरेको हो ।

आज किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।

बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् ।

प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् ।

यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति:January 5, 2022