नेकपा एस:बैतडीका सबै पालिकामा कमिटी गठन

  Sampatti News

January 5, 2022

नेकपा एस:बैतडीका सबै पालिकामा कमिटी गठन

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ ।

तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारीदिनुभयो ।

यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

नेकपा एस:बैतडीका सबै पालिकामा कमिटी गठन

प्रकाशित मिति:January 5, 2022