सहसचिव मिश्रलाई गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी

  Sampatti News

January 5, 2022

सहसचिव मिश्रलाई गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी

काठमाडौँ-सहसचिव दीनानाथ मिश्र नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रिस्तरको निर्णयले विभागको महानिर्देशकमा मिश्रलाई नियुक्त गरेको हो ।

उनले आजै विभागमा पद बहाली गरेका छन् ।

सहसचिव मिश्र डाईनामिक प्रशासकको रुपमा कर्मचारी बृतमा परिचित छन् ।

उनको आगमनसँगै गुणस्तर तथा नापतौल विभागको कार्यशैली थप सुधार हुने अपेक्षा गरिएको छ ।

तत्कालीन महानिर्देशक विश्वबाबु पुडासैनी प्रदेश सरुवा भएसँगै महानिर्देशक पद रिक्त रहेको थियो ।

सहसचिव मिश्रलाई गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी

प्रकाशित मिति:January 5, 2022