लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

  Sampatti News

January 6, 2022

लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

काठमाडौं-गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा लोकसेवा आयोगले प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा परीक्षार्थीले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् ।

लोक सेवा आयोगले २०७६/२०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।

लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

प्रकाशित मिति:January 6, 2022