November 21, 2018
काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गदै नेपालको स्वतन्त्रता र सार्वभौमिकताका लागि अहिलेको आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको उपस्थित रहेको यस् बैठकमा प्रधानमन्त्री ओलीले स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले त्यसलाई खलल पुर्याउने खालका कुनै पनि गतिविधि आफुलाई स्वीकार्य नहुने चेतावनी दिदै सम्बृद्ध नेपाल र नेपालीको खुसी सरकारको लक्ष्य रहेको बताउँनुभयो ।
बैठकमा भएको बिफ्रिङका क्रममा द्वन्द्वकालीन मुद्दाको सम्बोधनमा भइरहेको ढिलाइप्रति अमेरिका, अस्ट्रेलिया लगायत देशका राजदूतले प्रधानमन्त्रीसामु राखेको चासोमा ओलीले आफू पीडितलाई न्याय दिने पक्षमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी नदिइने भन्दै उनीहरुलाई आश्वस्त पार्ने प्रयास गरे ।
प्रधानमन्त्रीले ‘नेपालमा नयाँ स्वरुपको संघीय सरकार सञ्चालनमा रहेको र वाम गठवन्धनको सरकार स्थायी र जनताको पक्षमा भएकाले विदेशी निकायहरुले शंका गर्नु नपर्ने बताए ।
Pride and prejudice the anglo-american intelligence relationship was firmly founded on the mutuality of pay for essay interest of the north atlantic upper middle class.
प्रकाशित मिति:November 21, 2018
November 23, 2024