नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

  Sampatti News

January 7, 2022

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ-नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन हुनुभएको छ ।

समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ ।

बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

प्रकाशित मिति:January 7, 2022