उपत्यकाका २५ ठाउँमा एलपी ग्यास अतिरित्त बिक्री केन्द्रः बिहान १०बजेदेखि साँझ ५ बजे सम्म

Nepal Cover
९ चैत्र २०७६, आईतवार
image

ग्यास उद्योग संघको सहकार्यमा नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका २५ स्थानमा अतिरिक्त एलपी ग्यास बिक्री केन्द सञ्चालन गरेको छ ।


विश्वभर फैलिएको कोरोनाको त्रासले काठमाडौँ उपत्यकामा एलपी ग्यासमा मुल्य अभिवृद्धि तथा कृतिम अभाव र्सिजना नहोस् भन्ने हेतुले आयल निगमले बिक्री केन्द्र तोकेको हो ।


नेपाल आयल निगमका अनुसार नेपाल र तारा ग्यासले बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट ग्यास बिक्री गर्नेछन् । यस्तै सागर र चण्डी ग्यासले जडीबुटी बिक्री डिपोबाट तथा एसटीसी ग्यासले कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट बिक्री गर्नेछन् ।

ओम ग्यासले थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट, बाबा, श्री र लुम्बिनी ग्यासले कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडि ग्याच बेच्ने जनाएका छन् ।

एचपी ग्यासले असिम किचेन एण्ड सप्लायर्स, सिद्धार्थले इमाडोलको केसी एलपी सप्लायर्स, श्रीमाया ग्यासले सतुङ्गलको डिपो र लोकप्रियले नैकापको भाञ्जा ट्रेडर्सबाट ग्यास बिक्री गर्नेछन् ।

यस्तै राजधानी ग्यासले सीतापाइलामा रहेको डिपोबाट, सूर्य ग्यासले जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट, गीता ग्यासले धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट, हिमाल ग्यासले भगवती वहालको प्रयास ट्रेडर्सबाट ग्यास बेन्चे नेपाल आयल निगमले जनाएको छ ।

यस्तै नमस्ते ग्यासले कागेश्वरी मनहराको कुमार स्टोरबाट, भानु ग्यासले गोङ्गबुको लिला ग्यास डिपोबाट, एभरेस्ट र सुगम ग्यासले सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट, श्रीराम ग्यासले हरिसिद्ध ललितपुरको श्रीराम ग्यास तथा मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट ग्यासको अतिरिक्त बिक्री गर्नेभएका छन् ।


आयाल निगमले ग्यासको आयत भईरहेको बताउँदै आवश्यकताभन्दा धेरै ग्याँस सञ्चित नगर्न आग्रह समेत गरेको छ ।