January 10, 2022
लिपुलेकको सडक विस्तारप्रति नेकपा एसको आपत्ति
काठमाडौं-भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ ।
भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’
एकीकृत समाजवादीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको छ ।
त्यस्तै नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न आग्रह गरिएको छ ।
लिपुलेकको सडक विस्तारप्रति नेकपा एसको आपत्ति
प्रकाशित मिति:January 10, 2022
November 24, 2024