आजबाट शेयर कारोबार बन्द

Nepal Cover
१० चैत्र २०७६, सोमबार
image

सोमबार बाट शेयर कारोबार बन्द रहने भएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको परामर्शमा दोस्रो बजारमा हुो नयाँ कारोबार बन्द हुने निर्णय भएको हो ।


धितोपत्र बोर्डले लगानीकर्ताको हित प्रवर्द्धनका लागि धितोपत्र बजार बन्द गर्ने सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. संग परामर्श गरेको हो ।


धितोपत्रबोर्डका प्रवत्ता निरज गिरीका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सो मा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी कारोबार बन्द गरिएको हो ।


कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएको छ ।


साथै भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार बन्द गर्न लागिएको धितापत्र बोर्डले जानकारी गराएको छ ।

कारोबार सोमबारदेखि पाँच कारोबारको लागि बन्द हुने छ ।