झापाको १५ पालिकामध्ये बढी जनसङ्ख्या मेचीनगरमा

Nepal Cover
१३ माघ २०७८, बिहीबार
image

झापाको १५ पालिकामध्ये बढी जनसङ्ख्या मेचीनगरमा

राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ ।

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ ।

त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ ।

विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ ।

बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), कचनाकबल (३९,३७२), कमल (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ ।

झापाको १५ पालिकामध्ये बढी जनसङ्ख्या मेचीनगरमा