कन्सुलर सेवा त्रिपुरेश्वरबाट

  Sampatti News

February 11, 2022

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

काठमाडाैँ-कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।

विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।

नेपाल सरकारको सम्बन्धित अधिकारीहरुद्वारा जारी शैक्षिक प्रमाणपत्र र अन्य आधिकारिक कागजातहरु को कन्सुलर प्रमाणीकरण कन्सुलर सेवा विभागले प्रमाणित गर्दै आइरहेकाे छ ।

विदेशमा नेपाली नागरिकहरुको बढदो संख्या, नेपालमा वढेको विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाको संख्या आदिका कारणले सेवा सुविधामा सहजता दिनका लागि कन्सुलर सेवा बिभागको परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको हो ।

विदेशमा विभिन्न पेशा ब्यबसाय गरी वसेका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने कानूनी सहयोग गर्दछ ।

यसले क्षतिपूर्ति तथा वीमा रकम कानूनी हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेका नेपालीहरुको उद्धार, मृत्यु भएका को शब नेपाल झिकाउने जस्ता कार्यहरु सम्पादन गर्नछ ।

विदेश स्थित नेपाली नियोगहरु संग आवश्यक समन्वय पनि कन्सुलर सेवाले गर्दछ ।

नेपाल सरकारको निर्णय वमोजिम सरकारी मनोनयनमा भिसा सिफारिश वैदेशिक तालिम, सेमिनार, सम्मेलन, गोष्ठीमा भाग लिनजान सरकारी पदाधिकारी तथा कर्मचारीहरूको लागि नेपाल स्थित विदेशी नियोगहरुमा भिसाको सिफारिस गर्ने कार्य यसले गर्दछ ।

नेपाल स्थित विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत विदेशीहरुलाई नेपाली कुटनीतिक र अफिसियल भिसा जारी गर्ने काम कन्सुलर सेवाले गर्दछ ।

निशुल्क (Gratis) भिसकोलागि सिफारिस गर्ने तथा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने कार्य समेत कन्सुलर सेवाले गर्दै आएकाे छ ।

त्यस्तै नियोग तथा संघ संस्था र सोमा कार्यरत पदाधिकारीहरुले प्रयोग गर्ने गाडी तथा समानको आयातमा भन्सार महसुल छुटको सिफारिस समेत यस कार्यलयले गर्दछ ।

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

प्रकाशित मिति:February 11, 2022