चार जिल्लाका सिडिओ हेरफेर

  Sampatti News

February 12, 2022

काठमाडौँ-गृह मन्त्रालयले चार जिल्लाका सिडियो हेरफेर गरेको छ ।

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरिएको हो ।

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

गृहले सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ ।

साथै सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ ।

यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।

प्रकाशित मिति:February 12, 2022