प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

  Sampatti News

February 13, 2022

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरुद्धको आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।

बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलनलाई निरन्तरता दिने भएको हो ।

बारले कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको थियो ।

फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

आन्दोलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कुराकानी भइरहेको एक बारका पदाधिकारीले जानकारी दिएका छन्।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग राखी चरणबद्ध आन्दोलनमा छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कात्तिक ८ गतेदेखि सर्वोच्चमा न्यायाधीश र वकिलहरु आन्दोलन गरिहरेका छन्।

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

प्रकाशित मिति:February 13, 2022